बिहीबार, आश्विन २३,२०८२ 10:43:46
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 10:43:46
IME remit
Global IME Bank Limited

ब्याजदरका कारण यस वर्ष सुनको मूल्य रेकर्डतोड उचाईमा पुग्ने ! कति पुग्ला भाउ ?

Hyundai Nepal
ब्याजदरका कारण यस वर्ष सुनको मूल्य रेकर्डतोड उचाईमा पुग्ने ! कति पुग्ला भाउ ?
Shivam Cement

काठमाण्डौ । युबीएस फोरकास्टले सन् २०२४ मा अन्तराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि हुने प्रक्षेपण गरेको छ । अमेरिकी केन्द्रीय बैंक‘फेडरल रिजर्भफेड)’ले ब्याजदरमा कटौति गर्ने अनुमान गर्दै युबीएसले सुन र चाँदीको मूल्य यस वर्ष बढ्ने जनाएको हो ।  

‘फेडको ब्याजदर खुकुलो पार्ने नीतिका कारण यस वर्ष सुनको मूल्य बढ्ने हामीले अनुमान गरेका छौ । यसका साथै डलर कमजोर बन्दा समेत सुनको मूल्यवृद्धिलाई बल पुग्नेछ ।’इन्भेष्टमेन्ट बैंकका बहुमुल्य धातु रणनीतिकार  जोनी टेभेसले भने । उनका अनुसार यस वर्षको अन्त्यसम्म  सुनको मूल्य प्रतिऔंस २ हजार २ सय पुग्न सक्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सुनको मूल्य र ब्याजदरबीच अप्रत्यक्ष सम्बन्ध रहेको छ । ब्याजदर घट्दा सुनको मूल्य बढ्ने गर्छ भने ब्याजदर बढ्दा घट्ने गर्छ । ब्याजदर कम हुँदा लगानीकर्ताले अन्य वैकल्पिक लगानी जस्तै बोन्डको तुलनामा सुनमा लगानी गर्न उपयुक्त ठान्ने गर्छन । बोन्डले ब्याजदर कम भएका बेला कमजोर प्रतिफल दिने गर्छ ।  

अर्कोतर्फ ब्याजदर कम हुँदा डलर कमजोर हुने गर्छ । जसका कारण अन्तराष्ट्रिय बिक्रीकर्ताका लागि सुनको मूल्य सस्तो पर्न जान्छ । अन्ततःयसले सुनको माग बढाउँछ ।      

फेडले ब्याजदरमा कति कटौति गर्ने भनेर आधिकारीक जानकारी दिएको छैन । तर युएसबीले फेडले ब्याजदरलाई केहि लचिलो बनाउने अपेक्षा गरेको छ । गत साता फेडले जनवरी महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन नगर्ने जनाएको थियो ।  

युएसबीले भने मार्च महिनामा फेडले ब्याजदरमा फेरबदल गर्न सक्ने जनाएको छ ।  

सन् २०२३ कोअक्टोबर ७ मा इजराल–हमास युद्ध सुरु भएयता सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दु अर्थात प्रतिऔंस २ हजार १०० डलरको उचाईमा पुगेको थियो ।  

भु-राजनीतिक जोखिमका बीच लगानीकर्ताले सुनमा लगानी बढाउने टेभिसले बताएका छन् ।  

सुनका साथै–साथै चाँदीको मूल्यमा वृद्धि हुने उनले बताए ।   -एजेन्सी

Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.