३० हजारको कर्जाबाट सुरु भएको यात्रा, नेष्डो समृद्ध लघुवित्तको साथले उद्यमी बनिन् साबित्री
काठमाण्डौ । जीवनमा अवसर सबैले समान रूपमा पाउँदैनन्। कसैले सुविधाबीच सपना देख्छन् भने कसैले अभावकै बीच सपना देखेर त्यसलाई पूरा गर्ने साहस गर्छन्। यस्तै संघर्ष, साहस र आत्मनिर्भरताको उदाहरण बनेकी छन् साबित्री चौधरी।वि.सं. २०३८ सालमा चितवनको एक विपन्न परिवारमा जन्मिएकी साबित्री पाँच सन्तानमध्ये एक्ली छोरी थिइन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनले बाल्यकालमा...

