फिनटेक एक्स्पोमा आइएमई खल्तीको ‘पावर शो’, कार्डदेखि स्टक हबसम्म नयाँ सेवा सार्वजनिक
काठमाण्डौ । आइएमई खल्ती लिमिटेडले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ मा सहभागिता जनाउँदै डिजिटल भुक्तानीदेखि व्यक्तिगत वित्त व्यवस्थापन, कनेक्टिभिटी र लगानीसम्मका विभिन्न नयाँ सेवा तथा उत्पादन सार्वजनिक गरेको छ।फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोमा कम्पनीले Khalti Cards, eSIM, Personal Finance Challenge, Khalti Pro, Stripe तथा Khalti Stock Hub लगायतका नयाँ सेवा सार्वजनिक गरेको हो।एक्स्पोको पहिलो दिन Khalti Cards, eSIM...

