एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट उठेको ५ लाख ९० हजार बाढीपीडितका लागि
काठमाण्डौ। केडिया ग्रुपको आयोजनामा भइरहेको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट सङ्कलित ५ लाख ९० हजार १५० रुपैयाँ बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले...

