शुक्रबार, भाद्र २६,२०८३ 09:48:38
Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 09:48:38
Bizshala
Global IME Bank Limited

चार महिनामै अप्रेन्टिससिपदेखि अन्तर्राष्ट्रिय उडानसम्म, लक्ष्मी हुन्डाईका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान

चार महिनामै अप्रेन्टिससिपदेखि अन्तर्राष्ट्रिय उडानसम्म, लक्ष्मी हुन्डाईका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान
New Office

काठमाण्डौ । प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारी हुँदै अन्तर्राष्ट्रिय प्रशिक्षणसम्मको यात्रा पूरा गरेका लक्ष्मी हुन्डाईका दुई नेपाली प्राविधिक दक्षिण कोरिया प्रस्थान गरेका छन्।

लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरेपछि रोजगारी प्राप्त गरेका उनीहरू ‘हुन्डाई ट्यालेन्ट एकेडेमी’अन्तर्गत सञ्चालन हुने उन्नत प्राविधिक प्रशिक्षणमा सहभागी हुन दक्षिण कोरिया प्रस्थान गरेका हुन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

उनीहरूले दक्षिण कोरियास्थित ‘हुन्डाई ग्लोबल लर्निङ सेन्टर’मा उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा अटोमोबाइल क्षेत्रमा विकास भइरहेका नवीनतम प्रविधिबारे प्रशिक्षण लिनेछन्।

प्राविधिक शिक्षाबाट सुरु भएको उनीहरूको अप्रेन्टिससिप र रोजगारीसम्मको यात्रा चार महिनामै पूरा भएको कम्पनीले जनाएको छ। यस अवधिमा उनीहरूले कक्षाकोठामा आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्दै सवारीसाधनको सर्भिसिङ, समस्या पहिचान तथा मर्मतसम्भारमा व्यावहारिक अनुभव हासिल गरेका थिए।

अप्रेन्टिससिपमा देखाएको दक्षता र कार्यक्षमताका आधारमा उनीहरूलाई लक्ष्मी हुन्डाईमै रोजगारीको अवसर प्रदान गरिएको हो। अब अन्तर्राष्ट्रिय प्रशिक्षणले उनीहरूको प्राविधिक दक्षतालाई विश्वस्तरको प्रविधि र कार्यपद्धतिसँग जोड्ने कम्पनीको विश्वास छ।

वार्षिक ५० भन्दा बढी विद्यार्थीलाई अवसर

लक्ष्मी हुन्डाईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतका पोलिटेक्निक संस्थामा अध्ययनरत वार्षिक ५० जनाभन्दा बढी विद्यार्थीलाई इन्टर्नसिप तथा अप्रेन्टिससिपको अवसर प्रदान गर्दै आएको जनाएको छ।

यस पहलमार्फत विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई प्रत्यक्ष कार्यस्थलमा प्रयोग गर्ने अवसर पाउनुका साथै कार्यस्थल अनुशासन, समस्या समाधान क्षमता र व्यावसायिक सीपसमेत विकास गर्दै आएका छन्।

कम्पनीका अनुसार यस्तो अभ्यासले अध्ययन र रोजगारीबीच रहेको दूरी कम गर्न तथा बजारले खोजेको दक्ष जनशक्ति तयार गर्न सहयोग पुर्‍याइरहेको छ।

बदलिँदो अटोमोबाइल प्रविधिसँग जोडिँदै नेपाली जनशक्ति

अटोमोबाइल उद्योग परम्परागत इन्जिनमा आधारित सवारीसाधनबाट विद्युतीय, डिजिटल र सफ्टवेयरमा आधारित प्रविधितर्फ तीव्र गतिमा रूपान्तरण भइरहेको छ। यस्तो अवस्थामा सवारीसाधन मर्मतसम्भारमा संलग्न प्राविधिकले यान्त्रिक ज्ञानमा मात्रै सीमित नभई विद्युतीय प्रणाली, सेन्सर, सफ्टवेयर र कम्प्युटरमा आधारित डायग्नोस्टिक प्रणालीसमेत बुझ्नुपर्ने आवश्यकता बढेको छ।

हुन्डाई ट्यालेन्ट एकेडेमीमार्फत प्राप्त हुने अन्तर्राष्ट्रिय प्रशिक्षणले नेपाली प्राविधिकलाई विश्वव्यापी रूपमा विकास भइरहेका नयाँ अटोमोबाइल प्रविधिसँग प्रत्यक्ष रूपमा परिचित गराउने कम्पनीको अपेक्षा छ।

प्रशिक्षणबाट हासिल हुने ज्ञान र अनुभव नेपालमै प्रयोग हुँदा कम्पनीको बिक्रीपछिको सेवा थप गुणस्तरीय बन्नुका साथै स्वदेशी प्राविधिक जनशक्तिको क्षमता पनि अभिवृद्धि हुने विश्वास गरिएको छ।

‘विश्वस्तरीय सीप सिकेर नेपालमै करियर’

लक्ष्मी हुन्डाईले सञ्चालन गरेको पहलको उद्देश्य प्राविधिक शिक्षा लिएका युवालाई ‘सीप सिकेर विदेश जाने’ परम्परागत सोचबाट माथि उठाउँदै ‘विश्वस्तरीय सीप सिकेर नेपालमै करियर बनाउने’ वातावरण निर्माण गर्नु रहेको जनाएको छ।

अन्तर्राष्ट्रिय प्रशिक्षणपछि नेपाल फर्किने प्राविधिकले आफूले सिकेका नयाँ प्रविधि, कार्यविधि र अनुभवलाई कम्पनीको सेवा प्रणालीमा प्रयोग गर्नेछन्। उनीहरूबाट अन्य नेपाली प्राविधिकले समेत ज्ञान र सीप सिक्ने अवसर पाउने कम्पनीको विश्वास छ।

चार महिनाको छोटो अवधिमै विद्यार्थीबाट प्रशिक्षार्थी, प्रशिक्षार्थीबाट कर्मचारी र कर्मचारीबाट अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुने अवसरसम्म पुगेका दुई प्राविधिकको यात्राले प्राविधिक शिक्षालाई उद्योग, रोजगारी र अन्तर्राष्ट्रिय अनुभवसँग जोड्न सकिने उदाहरण प्रस्तुत गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.