हुन्डाईको “हाईवे एस्सुरेन्स: केयर–फ्री राइड टु होम” सेवाः मुख्य राजमार्गका ११ स्थानमा दक्ष प्राविधिक तैनाथ, कुलेन्ट र लुब्रिकेन्ट पनि फ्री
काठमाण्डौ । दशैंमा घर फर्किने यात्रालाई सुरक्षित र सहज बनाउन हुन्डाई नेपालले यस वर्ष पनि विशेष सेवा अभियान संचालन गर्ने भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (हुन्डाई गाडीको आधिकारिक वितरक) ले असोज ११ देखि १४ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म “हुन्डाई हाईवे एस्सुरेन्स : केयर–फ्री राइड टु होम” अभियान संचालन गर्ने जनाएको छ।