सोमबार, भाद्र २,२०८२ 04:40:05
IME remit
  • सोमबार, भाद्र २,२०८२ 04:40:05
IME remit
Global IME Bank Limited

हुन्डाई नेपालले ल्यायो ‘दशैं–तिहार, १० गुणा उपहार’अफर योजना, रु. १० लाखसम्म जित्न सकिने

Hyundai Nepal
हुन्डाई नेपालले ल्यायो ‘दशैं–तिहार, १० गुणा उपहार’अफर योजना, रु. १० लाखसम्म जित्न सकिने
Shivam Cement

काठमाण्डौ । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सधैझैँ यसवर्ष पनि दशैं–तिहारको अवसरमा विशेष अफर ‘दशैं–तिहार, १० गुणा उपहार’घोषणा गरेको छ। नेपालीहरुको महान पर्व दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्सोउल्लास बनाउन हुन्डाईले उक्त अफर योजनाको घोषणा गरेको हो ।  

यस अफरअन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्। 

यसका साथै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्।प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्सर सडक कर पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ, जसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँने कम्पनीले जनाएको छ ।

यो अफर भदौ २, २०८२ देखि सुरु हुनेछ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.