मंगलवार, मंसिर ८,२०८३ 03:57:10
  • मंगलवार, मंसिर ८,२०८३ 03:57:10
Global IME Bank Limited

माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच सम्झौता, अब युरोपबाट नेपालमा पैसा पठाउन थप सहज

Bizshala
माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच सम्झौता, अब युरोपबाट नेपालमा पैसा पठाउन थप सहज
New Office

 

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतस्थित विप्रेषण सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेड (Riz Remit Limited) बीच रेमिट्यान्स सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।

नेपालमा विप्रेषण सेवालाई थप सहज, सुरक्षित, सरल र भरपर्दो बनाउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौतासँगै दुवै संस्थाबीच विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको बैंकले जनाएको छ।

सम्झौताअनुसार युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले रिज रेमिटको मोबाइल एपमार्फत नेपालमा सहज रूपमा रकम पठाउन सक्नेछन्।

यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै विप्रेषण सेवा ‘एमबीएल रेमिट’ (MBL Remit) मार्फत नगद भुक्तानी लिन सकिनेछ। साथै, माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत रकम सिधै जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।

CG Motors
Garima Development Bank
IME remit

बैंकका अनुसार सेवाग्राहीले नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत नगद प्राप्त गर्न सक्नेछन्।

अन्तर्राष्ट्रिय विप्रेषण सेवालाई थप प्रभावकारी बनाउँदै डिजिटल माध्यमबाट रकम स्थानान्तरण गर्ने सुविधाको पहुँच विस्तार गर्ने उद्देश्यले उक्त सहकार्य गरिएको बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंकले सुरक्षित, छिटो, भरपर्दो र किफायती डिजिटल रेमिट्यान्स सेवालाई प्राथमिकता दिँदै आएको उल्लेख गरेको छ।

विदेशबाट प्राप्त हुने विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै बैंकले नयाँ सहकार्यबाट युरोपमा रहेका नेपालीलाई रकम पठाउने प्रक्रिया थप सहज हुने विश्वास व्यक्त गरेको छ।

बैंकले विप्रेषण कारोबारमा प्रचलित कानुन, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पालना गर्दै पारदर्शी र सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

हाल माछापुच्छ्रे बैंकले देशभर १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र र ११ एक्सटेन्सन काउन्टरसहित कुल २५५ स्थानबाट सेवा दिँदै आएको छ।

त्यस्तै, बैंकले १९४ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.