माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को खुद नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।बोनस सेयर वितरणपछि...

