सहकारीमा प्राधिकरणको कडाइ : सञ्चालक र सीईओको घरमा कार्यालय राख्न रोक
काठमाण्डौ। सहकारी संस्थाको सञ्चालनमा स्वार्थको द्वन्द्व कम गर्न तथा संस्थागत सुशासन बलियो बनाउन राष्ट्रिय सहकारी प्राधिकरणले नियमन थप कडा बनाएको छ।प्राधिकरणले सहकारीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उनीहरूका परिवारका नाममा रहेका घर भाडामा लिएर संस्थाको कार्यालय सञ्चालन गर्न रोक लगाएको छ। यसअघि नै यस्तो व्यवस्था विपरीत सञ्चालनमा रहेका कार्यालयलाई समेत ६...

