अफगानिस्तानभित्र पाकिस्तानी बमबारी, महिला–बालबालिकासहित ९ जनाको मृत्यु
काठमाण्डौ । पाकिस्तानले अफगानिस्तानका दुई प्रान्तमा गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित ९ जना सर्वसाधारणको मृत्यु भएको अफगान तालिबान सरकारले दाबी गरेको छ।दक्षिणी हेल्मन्ड र पूर्वी कुनार प्रान्तमा भएको आक्रमणमा थप ११ जना घाइते भएका छन्। अफगान पक्षका अनुसार तीनवटा घरसमेत ध्वस्त भएका छन्।पाकिस्तानले भने हवाई कारबाही सर्वसाधारणमाथि नभई आतंकवादी लुकेका स्थान तथा...

