शुक्रबार, कार्तिक २७,२०८३ 11:57:34
  • शुक्रबार, कार्तिक २७,२०८३ 11:57:34
Global IME Bank Limited

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

Bizshala
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग
New Office

 

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन हुनुपर्ने अडान राख्दै शव बुझ्न अस्वीकार गरेका छन्। आफन्तले शव नबुझेपछि १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।

दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको परिवारले मात्र शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। बाँकी मृतकका परिवारले माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

पीडित परिवारले प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका छन्। दुर्घटना असाधारण प्रकृतिको भएको भन्दै उनीहरूले संघीय सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मागबारे पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबहादुर खत्री र स्थानीय जनप्रतिनिधिबीच छलफल भए पनि सहमति जुट्न सकेको छैन। डीएसपी काफ्लेका अनुसार क्षतिपूर्ति र पीडित परिवारका अन्य मागबारे शुक्रबार पुनः छलफल हुने भएको छ।

प्रमुख जिल्ला अधिकारीले प्रचलित कानुन तथा नियमअनुसार उपलब्ध गराइने क्षतिपूर्ति दिन कुनै बाधा नरहेको बताएको काफ्लेले जानकारी दिए। तर, आफन्तले संघीय सरकारबाट थप सम्बोधन हुनुपर्ने माग राखेपछि शव हस्तान्तरणको प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।

Garima Development Bank
Bizshala
IME remit

बिहीबार बिहान काठमाण्डौबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक विद्युतीय सवारी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा दुर्घटनामा परेको थियो। सवारी सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।

छठ पर्व मनाउन घर फर्किँदै गरेका यात्रु सवार उक्त सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले जोखिमपूर्ण भिरमा उद्धार गरेको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.