शुक्रबार, कार्तिक २७,२०८३ 11:43:22
  • शुक्रबार, कार्तिक २७,२०८३ 11:43:22
Global IME Bank Limited

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

Bizshala
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप
New Office

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग सम्बन्धित ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन् । उनीहरूले नक्कली भिडियो कलमार्फत व्यक्तिको पहिचान चोरी गरी यो ठगी गरेको अधिकारीहरूको भनाइ छ ।

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)का अनुसार पछिल्लो १८ महिनामा ९०० भन्दा बढी व्यक्ति यस किसिमको ठगीमा परेका छन् । अनुसन्धान निकायले ठगीको यस विधिलाई ‘फेसस्टिलर’ नाम दिएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

एफबीआईका साइबर निर्देशक ब्रेट लिथम्यानले उत्तर कोरियाली शासनले आफ्नो अवैध हतियार कार्यक्रम सञ्चालन गर्न क्रिप्टोकरेन्सी चोरीबाट प्राप्त ठूलो रकममा निर्भर रहेको बताएका छन् । उनका अनुसार पछिल्ला वर्षहरूमा उत्तर कोरियाली ह्याकरहरूले अर्बौं डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका छन् ।

यो घटना विश्वकै ठूलो क्रिप्टो एक्सचेन्ज बाइनान्सले ६.३ अर्ब डलर (करिब ५९ हजार २५६ करोड रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी चोरी भएको दाबी गरेको एक सातापछि सार्वजनिक भएको हो । बाइनान्सका अनुसार ह्याकरहरूले नक्कली रोजगारी अन्तर्वार्ताको माध्यमबाट उक्त रकम चोरी गरेका थिए ।

Garima Development Bank
Bizshala
IME remit

अमेरिकी कानुन कार्यान्वयन निकायहरूले बाइनान्समा भएको उक्त आक्रमणमा पनि उत्तर कोरियासँग सम्बन्धित ह्याकरहरू जिम्मेवार रहेको आरोप लगाएका छन् । उक्त घटनालाई हालसम्मकै सबैभन्दा ठूलो क्रिप्टो ह्याक मानिएको छ । तर, उत्तर कोरियाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.