ग्लोबल आइएमईको ह्याट्रिक, लगातार तेस्रो वर्ष बन्यो नेपालको बेष्ट बैंक
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ।योसँगै बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’को सम्मान प्राप्त गर्न सफल भएको हो। यसअघि बैंकले सन् २०२४ र २०२५ मा पनि यही विधामा उक्त अवार्ड जितेको थियो।थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका...

