विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्दा अर्थतन्त्रको अर्को पाटोमा दबाब : महँगी बढ्यो, विकास खर्च सुस्त
काठमाण्डौ । नेपालको अर्थतन्त्रले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बाह्य क्षेत्रमा बलियो सुरक्षा कवच बनाएको छ। रेमिट्यान्समा भएको वृद्धिले विदेशी मुद्रा सञ्चिति ४० खर्ब रुपैयाँमाथि पुर्याएको छ भने चालु खाता र शोधनान्तर दुवै उल्लेख्य बचतमा छन्। तर, यही अवधिमा उपभोक्ता मूल्यवृद्धि तीव्र बनेको छ, व्यापार घाटा फराकिलो भएको छ र सरकारी पुँजीगत खर्च कमजोर देखिएको...

