IME remit
  • बुधबार, कार्तिक १४,२०८१ 09:06:45
सिटिजन्स बैंकका ग्राहकलाई मिराज बेकरीमा १५% सम्म छुट
BANKING

सिटिजन्स बैंकका ग्राहकलाई मिराज बेकरीमा १५% सम्म छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाण्डौको बौद्धस्थित मिराज बेकरीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मिराज बेकरीमा १५% सम्मको आकर्षक छुट पाउने छन् ।  

कृषि विकास बैंकका सीईओको नाम दुरुपयोग गरी ठगी प्रयास, सतर्क रहन आग्रह
BANKING

कृषि विकास बैंकका सीईओको नाम दुरुपयोग गरी ठगी प्रयास, सतर्क रहन आग्रह

काठमाण्डौ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)गोबिन्द गुरुङको नाम, फोटा र पदको अनाधिकृत प्रयोग गरी ठगी गर्ने प्रयास भएको छ । बैंकका सीईआ गुरुङले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत यसको जानकारी दिएका हुन् ।  उनले उज्वेकस्तानको फोन नम्बर र नक्कली इमेल प्रयोग गरी विभिन्न व्यक्तिहरुसँग पैसा मागिएको बताएका छन् ।

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनले गरे अन्तरदेशीय क्युआर पेमेन्टका लागि सहकार्य
BANKING

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनले गरे अन्तरदेशीय क्युआर पेमेन्टका लागि सहकार्य

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबद्धर्न गर्न सहकार्य भएको छ । असोज १ गते एक कार्यक्रमका बीच उक्त सहकार्यको विधिवत रुपमा शुरुवात गरिएको हो ।  यसअन्तर्गत फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा...

राष्ट्र बैंक कर्मचारी संघले अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना गर्ने, विजेताले १ लाख पाउने
BANKING

राष्ट्र बैंक कर्मचारी संघले अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना गर्ने, विजेताले १ लाख पाउने

काठमाण्डौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले असोज ३ देखि ५ गतेसम्म संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ ।  ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूबीच हुने उक्त टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ  ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहनेछ ।  गत भदौ ३० गते आइतबार एक...

सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालनमा, डिजिटल माध्यमबाट चेक तथा नगद जम्मा गर्न सकिने
BANKING

सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालनमा, डिजिटल माध्यमबाट चेक तथा नगद जम्मा गर्न सकिने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप आफ्नो कर्पोरेट कार्यालयको प्राँगणमा ‘स्मार्ट हब’ सेवा  सञ्चालनमा ल्याएको छ । बैंकमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका हुन् ।  कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकै स्थानबाट जुनसुकै...

सर्वाधिक नाफा कमाउने विकास बैंक बन्यो शाइन रेसुङ्गा, एक्सेलसहित ६ वटा बैंक घाटामा
BANKING

सर्वाधिक नाफा कमाउने विकास बैंक बन्यो शाइन रेसुङ्गा, एक्सेलसहित ६ वटा बैंक घाटामा

काठमाडौं । विकास बैंकहरुले एक महिनामै ८५ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकमध्ये ११ वटा बैंकले औसतमा ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  राष्ट्र बैंकका अनुसार साउन महिनामा ११ वटा विकास बैंकले नाफा कमाउँदा बाँकी ६ वटा बैंक भने घाटामा रहेका छन् ।  

कुमारी बैंकले दशैंका लागि ७ वटै प्रदेशका यी शाखा कार्यालयबाट सुकिला नोट सटही गर्ने
BANKING

कुमारी बैंकले दशैंका लागि ७ वटै प्रदेशका यी शाखा कार्यालयबाट सुकिला नोट सटही गर्ने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सर्वसाधारणलाई आउँदै गरेको दशैंका लागि सुकिला नोट सटही सुविधा दिने भएको छ । बैंकले देशका विभिन्न शहरमा रहेका शाखा कार्यालयहरुमार्फत सटहीको सुविधा प्रदान गर्न लागेको हो ।  बैंकले रु.५, रु.१०, रु.२०, रु.५०, र रु.१०० दरको नोटको सटही सुविधा प्रदान गर्न लागेको जनाएको छ ।

गरिमा विकास बैंकको डेपुटी सीईओ बने अनिल रेग्मी
BANKING

गरिमा विकास बैंकको डेपुटी सीईओ बने अनिल रेग्मी

काठमाण्डौ । गरिमा विकास बैंक लिमीटेडको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । 

वाणिज्य बैंकहरुले एक महिनामै कमाए रु.९.१७ अर्ब, सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको
BANKING

वाणिज्य बैंकहरुले एक महिनामै कमाए रु.९.१७ अर्ब, सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको

काठमाण्डौ । वाणिज्य बैंकहरुले एक महिनामै ९ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकले चालु आवको साउन महिनामा ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  साउनमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरी सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । त्यस्तै, नबिल बैंकले पनि ८० करोड...

एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीलाई लेमन ट्रि होटलमा ३५% सम्मको छुट अफर
BANKING

एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीलाई लेमन ट्रि होटलमा ३५% सम्मको छुट अफर

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलको विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । नजिकिदै गरेको दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिजा डेबिट कार्ड तथा भिजा क्रेडिट कार्ड र मास्टर कार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकहरुलाई...

असोज महिनाका लागि कुन बैंकले कति निर्धारण गरे ब्याजदर ?
BANKING

असोज महिनाका लागि कुन बैंकले कति निर्धारण गरे ब्याजदर ?

काठमाण्डौ । असोज महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । एनआईशी एशिया,एभरेष्ट बैंक सिटिजन बैंक,सानिमा बैंकलगायत ९ वटा बैंकले ब्याजदर घटाएका छन् ।  यस्तै २ वटा बैंकले ब्याजदर बढाएका छन् ।  असोज  महिनाका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.३९ प्रतिशत कायम भएको छ । भदौ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा...

नेपाल बैंकले बढायो असोज महिनाका लागि निक्षेपको ब्याजदर
BANKING

नेपाल बैंकले बढायो असोज महिनाका लागि निक्षेपको ब्याजदर

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि ब्याजदर बढाएको छ ।    बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । 

कुमारी बैंकले पनि घटायो ब्याजदर,कुनमा कति पाइन्छ ?
BANKING

कुमारी बैंकले पनि घटायो ब्याजदर,कुनमा कति पाइन्छ ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ ।  असोज महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.७१ प्रतिशत ब्याजदर दिएको थियो ।  

असोज महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?
BANKING

असोज महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।  बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । भदौ महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती...

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ?
BANKING

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत र  संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ ।  बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर ६.१०० प्रतिशत नै थियो ।  

असोजका लागि पनि घटायो एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर
BANKING

असोजका लागि पनि घटायो एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर

काठमाण्डौ । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ । जुन भदौ महिनामा ७.४१ रहेको थियो ।  

प्रभु बैंकद्वारा गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना, विदेश जाने विद्यार्थीलाई ५ दिनभित्रै कर्जा
BANKING

प्रभु बैंकद्वारा गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना, विदेश जाने विद्यार्थीलाई ५ दिनभित्रै कर्जा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ । आप्mनो सेवा परिस्कृत गर्ने क्रममा बैंकले भदौ २८ गते गण्डकी प्रदेश कार्यालयअन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द स्थापना...

कुमारी बैंकद्वारा १० लाख रुपैयाँबराबरको बीमा रकम भुक्तानी
BANKING

कुमारी बैंकद्वारा १० लाख रुपैयाँबराबरको बीमा रकम भुक्तानी

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।  भरतपुर मनपा वडा नं २, चितवन निवासी खाताधारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएपश्चात उनका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बीमावापतको १० लाख रकम हस्तान्तरण गरिएको हो ।  

कामना सेवा विकास बैंकद्वारा १२% लाभांश वितरणको घोषणा
BANKING

कामना सेवा विकास बैंकद्वारा १२% लाभांश वितरणको घोषणा

काठमाण्डौ । कामना सेवा विकास बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

एकैदिन १७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो भने घट्यो
BANKING

एकैदिन १७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो भने घट्यो

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ २५ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ९६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । भदौ २४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ७९ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.