मंगलवार, मंसिर १,२०८३ 11:10:06
  • मंगलवार, मंसिर १,२०८३ 11:10:06
Global IME Bank Limited

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

Bizshala
राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो
New Office

काठमाडौं। राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई सम्मान गरेका हुन्।

यस वर्ष निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। त्यस्तै, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल, वस्तु निर्याततर्फ डाबर नेपाल र सूचना प्रविधि सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपालले सम्मान पाएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स, बैंकिङतर्फ नबिल बैंक, स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज र पर्यटनतर्फ सोल्टी होटल सम्मानित भएका छन्। वस्तु व्यापारतर्फ सीजी इम्पेक्स र ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टरले सम्मान प्राप्त गरेका छन्।

ऊर्जा उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड र व्यक्तिगत आयतर्फ राजबहादुर शाह सम्मानित भएका छन्। मूल्य अभिवृद्धि करतर्फ हिमालयन डिष्टिलरी, ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज र विशेष उद्योगतर्फ वरुण बेभरेज नेपालले सम्मान पाएका छन्।

Garima Development Bank
Bizshala
IME remit

त्यस्तै, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएका छन्।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिनको सम्झनामा सरकारले २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। कर दिवसमा विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गरी कर दाखिलाका लागि प्रोत्साहित गर्ने गरिएको छ।

सम्मानित १९ करदाता

१. निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: सूर्य नेपाल प्रालि

२. एकलौटी फर्ममध्ये: थर्ड आई इन्टरनेशनल

३. वस्तु निर्याततर्फ: डाबर नेपाल प्रालि

४. सूचना प्रविधि सेवा निर्याततर्फ: इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल

५. कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ: ओसीबी फुड्स एन्ड फिड्स प्रालि

६. बैंकिङ क्षेत्रतर्फ: नबिल बैंक लिमिटेड

७. स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड

८. पर्यटन व्यवसायतर्फ: सोल्टी होटल लिमिटेड

९. वस्तु व्यापारतर्फ: सीजी इम्पेक्स प्रालि

१०. ५० करोडदेखि १०० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये: फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि

११. ऊर्जामूलक उद्योगतर्फ: भोटेकोशी पावर कम्पनी प्रालि

१२. रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ: आईएमई लिमिटेड

१३. व्यक्तिगत आयतर्फ: राजबहादुर शाह

१४. मूल्य अभिवृद्धि करतर्फ: हिमालयन डिष्टिलरी लिमिटेड

१५. ५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये: इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड

१६. विशेष उद्योगतर्फ: वरुण बेभरेज नेपाल प्रालि

१७. जीवन बीमा क्षेत्रतर्फ: लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड

१८. निर्जीवन बीमा क्षेत्रतर्फ: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड

१९. लघुवित्त क्षेत्रतर्फ: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.