काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी र खर्च दुवै वार्षिक लक्ष्यको करिब २३ प्रतिशत पुगेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारले वार्षिक खर्च लक्ष्यको २३.३७ प्रतिशत अर्थात् ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ। यस अवधिमा आम्दानी भने वार्षिक लक्ष्यको २३.३९ प्रतिशत अर्थात् ३ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।
कुल खर्चमध्ये चालु शीर्षकमा ३ खर्ब ४६ अर्ब ७५ करोड रुपैयाँ (२७.२९ प्रतिशत), पुँजीगततर्फ ३२ अर्ब ४४ करोड रुपैयाँ (७.५३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ (२७.७६ प्रतिशत) खर्च भएको छ।
सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ४२ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। त्यसमध्ये राजस्वबाट १५ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकामा कात्तिक मसान्तसम्म ३ खर्ब ७२ अर्ब ७१ करोड रुपैयाँ (२३.५८ प्रतिशत) संकलन भएको छ।
त्यस्तै, ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य रहेकामा हालसम्म ८ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १४.५ प्रतिशत प्राप्त भएको कार्यालयको तथ्याङ्क छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।