राजस्व सङ्कलन सुस्त, लक्ष्य भेट्न दैनिक १९ अर्बभन्दा बढी उठाउनुपर्ने
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८२/८३ समाप्त हुन अब १९ दिन मात्र बाँकी रहँदा सरकारले राजस्व सङ्कलनमा लक्ष्यको करिब तीनचौथाइ प्रगति गरेको छ। हालसम्मको सङ्कलनले लक्ष्यको ७५ प्रतिशत नाघे पनि बाँकी अवधिमा ठूलो रकम उठाउनुपर्ने चुनौती सरकारसामु देखिएको छ।

