आईतवार, श्रावण ३,२०८३ 09:06:47
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 09:06:47
Bizshala
Global IME Bank Limited

असार लागेपछि सरकारको खर्च रफ्तार : २४ दिनमै साढे ३० अर्ब पुँजीगत भुक्तानी

असार लागेपछि सरकारको खर्च रफ्तार : २४ दिनमै साढे ३० अर्ब पुँजीगत भुक्तानी
New Office

काठमाण्डौ। चालु आर्थिक वर्षको अन्तिम महिनामा पनि विगतकै जस्तो ‘असारे खर्च’को प्रवृत्ति दोहोरिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार महिनाका २४ दिनमै सरकारले पुँजीगत खर्च ३० अर्ब ५० करोड रुपैयाँभन्दा बढीले बढाएको छ।

चालु आर्थिक वर्षको असार २४ गतेसम्म सरकारले १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ। जेठ मसान्तसम्म यस्तो खर्च १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ मात्र थियो।

यस आधारमा २४ दिनमै पुँजीगत खर्च ३० अर्ब ५० करोड ५७ लाख रुपैयाँले बढेको देखिन्छ। यो अवधिमा सरकारको दैनिक पुँजीगत खर्च औसत १ अर्ब २७ करोड १० लाख ७० हजार रुपैयाँ रहेको छ। जबकि असार २४ गतेसम्मको समग्र दैनिक औसत पुँजीगत खर्च ४५ करोड ७० लाख ६८ हजार रुपैयाँ मात्र छ।

असार २४ गतेसम्म सरकारको कुल खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ पुगेको छ। जेठ मसान्तसम्म यस्तो खर्च १३ खर्ब ४६ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ थियो। यसअनुसार २४ दिनमै कुल सरकारी खर्च १ खर्ब ८५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँले बढेको छ।

२४ दिनमा आम्दानी ८१ अर्बले बढ्यो

सरकारको आम्दानी पनि असार महिनामा उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सरकारको कुल आम्दानी ११ खर्ब १० अर्ब ४९ करोड ३८ लाख रुपैयाँ थियो।

असार २४ गतेसम्म यस्तो आम्दानी बढेर ११ खर्ब ९१ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। अर्थात् २४ दिनको अवधिमा सरकारको आम्दानी ८१ अर्ब ४ करोड ५ लाख रुपैयाँले बढेको हो।

महालेखाको तथ्यांकअनुसार असार २४ गतेसम्म सरकारले कर आम्दानीतर्फ लक्ष्यको ७९.३३ प्रतिशत र अनुदान सहायतातर्फ ५१.७३ प्रतिशत लक्ष्य हासिल गरेको छ।

सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.