काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ।
बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस एक्वायरिङ’ (Excellence in Contactless Acquiring) र ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ (Excellence in POS Acquiring Business – Principal Client) विधामा अवार्ड प्राप्त गरेको हो।\
व्यवसाय सुरु भएदेखि हालसम्मकै उच्चतम एक्वायरिङ रेकर्ड कायम गर्न सफल भएको भन्दै बैंकलाई विशेष सम्मानसहित उक्त अवार्ड प्रदान गरिएको हो।
बैंकका अनुसार भिसाबाट प्राप्त सम्मानले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन मिलेको छ।
यस सम्मानले आगामी दिनमा ग्राहकलाई अझ उत्कृष्ट, सहज र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न थप ऊर्जा र हौसला मिलेको बैंकले जनाएको छ।
हाल हिमालयन बैंकले देशभर रहेका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९ एटीएम, ९ हजारभन्दा बढी पीओएस टर्मिनल तथा ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।