बुधबार, मंसिर ९,२०८३ 11:42:00
  • बुधबार, मंसिर ९,२०८३ 11:42:00
Global IME Bank Limited

भिसाबाट कुमारी बैंकलाई दुई विधामा उत्कृष्टताको सम्मान, लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय अवार्ड

Bizshala
भिसाबाट कुमारी बैंकलाई दुई विधामा उत्कृष्टताको सम्मान, लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय अवार्ड
New Office

 

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेसनलबाट दुई विधामा उत्कृष्टताको सम्मान प्राप्त गरेको छ।

भिसा इन्टरनेसनलद्वारा आयोजित ‘VISA Leadership Conclave Nepal 2026’ मा बैंकले सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा गरेको उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै दुईवटा अवार्ड प्रदान गरिएको हो।

बैंकले ‘Excellence in Cross-Border Business’ र ‘Excellence in Consumer Credit Cards Business Principal Client’ विधामा सम्मान प्राप्त गरेको हो।

कुमारी बैंकले यी विधामा लगातार तीन वर्षदेखि सम्मान प्राप्त गर्दै आएको जनाएको छ। अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवर्द्धन तथा ग्राहकमैत्री कार्ड सेवामा बैंकले हासिल गरेको उपलब्धिलाई उक्त सम्मानले प्रतिबिम्बित गरेको बैंकको भनाइ छ।

विश्वव्यापी रूपमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र गतिमा बढिरहेको अवस्थामा कुमारी बैंकले पनि आफ्ना ग्राहकलाई सुरक्षित, सहज र प्रविधिमैत्री भुक्तानी सेवा उपलब्ध गराउन प्राथमिकता दिँदै आएको छ।

CG Motors
Garima Development Bank
IME remit

विशेषगरी भिसा कार्डमार्फत हुने कारोबार, अन्तर्राष्ट्रिय भुक्तानी तथा सीमापार वित्तीय कारोबारलाई थप प्रभावकारी बनाउने दिशामा बैंकले विभिन्न पहल गर्दै आएको जनाएको छ।

स्थापनाकालदेखि नै आधुनिक बैंकिङ प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको बैंकले डिजिटल बैंकिङ, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारमा लगानी गर्दै आएको छ।

बैंकका अनुसार आगामी दिनमा ग्राहकको बदलिँदो आवश्यकता र डिजिटल वित्तीय सेवाको बढ्दो मागलाई सम्बोधन गर्न थप उन्नत, सुरक्षित तथा विश्वसनीय बैंकिङ समाधान उपलब्ध गराइनेछ। यससँगै डिजिटल रूपान्तरणको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धतासमेत बैंकले व्यक्त गरेको छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर रहेका २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रवाह गर्दै आएको छ।

बैंकले परम्परागत बैंकिङ सेवासँगै डिजिटल बैंकिङ तथा विद्युतीय भुक्तानी सेवाको पहुँच विस्तार गरी वित्तीय समावेशीकरणमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.