बुधबार, मंसिर ९,२०८३ 10:49:23
  • बुधबार, मंसिर ९,२०८३ 10:49:23
Global IME Bank Limited

अमेरिकी अदालतमा चिनियाँ कम्पनी हुवावे दोषी ठहर,  १२ मध्ये १० अभियोग पुष्टि

Bizshala
अमेरिकी अदालतमा चिनियाँ कम्पनी हुवावे दोषी ठहर,  १२ मध्ये १० अभियोग पुष्टि
New Office

काठमाडौं । चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावे अमेरिकामा चलेको बहुचर्चित आपराधिक मुद्दामा दोषी ठहर भएको छ। अमेरिकाको न्युयोर्कस्थित अदालतको निर्णायक मण्डलले  इरानमा आफ्नो व्यावसायिक गतिविधिबारे बैंकहरूलाई झुक्याएको र अमेरिकी कम्पनीका व्यापारिक गोप्य सूचना चोरी गरेको अभियोगमा हुवावेलाई दोषी ठहर गरेको हो।

सन् २०१८ मा सुरु भएको यस मुद्दामा अमेरिकी सरकारले सन् २०१९ मा हुवावेलाई व्यापारिक प्रतिबन्ध सूचीमा राखेको थियो। अमेरिकी प्रविधिमा कम्पनीको पहुँच सीमित गर्ने उक्त निर्णय हुवावेबाट राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने अमेरिकी चिन्ताका आधारमा गरिएको थियो।

CG Motors
Garima Development Bank
IME remit

ब्रुकलिनस्थित संघीय अदालतको निर्णायक मण्डलले हुवावेविरुद्ध लगाइएका १२ मध्ये १० वटा आपराधिक अभियोगमा दोषी ठहर गरेको छ। तीमध्ये बैंकिङ ठगी, विद्युतीय माध्यमबाट ठगी, प्रतिबन्ध उल्लङ्घन र व्यापारिक गोप्य सूचना चोरी गर्ने षड्यन्त्रसम्बन्धी अभियोग छन्। न्यायमा अवरोध पुर्‍याउने षड्यन्त्र र आपराधिक गिरोहका रूपमा काम गरेको आरोपमा भने कम्पनीले सफाइ पाएको छ।

दुई महिनाभन्दा लामो समय चलेको सुनुवाइमा सरकारी पक्षले ६० भन्दा बढी साक्षी प्रस्तुत गरेको थियो भने प्रतिरक्षा पक्षले १५ जना साक्षी बोलाएको थियो। हुवावेलाई के–कस्तो सजाय हुनेछ भन्नेबारे तत्काल स्पष्ट भएको छैन। अमेरिकी जिल्ला न्यायाधीश एन डोनेलीले सन् २०२७ सेप्टेम्बर १४ मा सजाय निर्धारण गर्ने कार्यक्रम छ।

यता हुवावेका कानुन व्यवसायी ब्रायन हेबरलिगले दोषी ठहर गर्ने निर्णयप्रति कम्पनी निराश रहेको बताए। यद्यपि, आपराधिक गिरोहका रूपमा काम गरेको अभियोगमा सफाइ पाउनुले कम्पनीको इमानदार र जिम्मेवार अनुपालन संस्कृतिलाई पुष्टि गरेको उनको दाबी छ। उनले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी रहेको पनि बताए।

अमेरिकी महान्यायाधिवक्ता जोसेफ नोचेलाले हुवावेमाथि दशकौँदेखि अमेरिकी राष्ट्रिय सुरक्षालाई जोखिममा पारेको, अमेरिकी व्यापारिक प्रणालीको मर्यादा उल्लङ्घन गरेको र कानुन कार्यान्वयनमा अवरोध पुर्‍याएको आरोप लगाएका छन्। यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.