काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पुस ४ गते शनिबार साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ।
बैंकले हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको ५ प्रतिशतका दरले ६ करोड ८ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस सेयर र ६ प्रतिशतका दरले ७ करोड ३० लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यसअनुसार बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १३ करोड ३८ लाख ८१ हजार रुपैयाँ लाभांश वितरण गर्नेछ। प्रस्तावित नगद लाभांशमा करसमेत समावेश गरिएको छ।
उक्त लाभांश बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।