काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले आगामी मंसिर २९ गते मंगलबार साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ।
सञ्चालक समितिले प्रस्ताव गरेअनुसार बैंकले सेयरधनीलाई चुक्तापुँजीको ४.८५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गर्नेछ।
यस्तै, सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्तापुँजीको ३.४० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसमेत पेस हुनेछ।
प्रस्तावित लाभांश साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।