मंगलवार, मंसिर ८,२०८३ 05:51:55
  • मंगलवार, मंसिर ८,२०८३ 05:51:55
Global IME Bank Limited

ईनम सापकोटा प्रकरणमा पत्नी कवितासम्म पुग्यो प्रहरी अनुसन्धान, बैंक खातामा ७५०० डलर जम्मा गर्न लगाएको म्यासेज भेटियो

Bizshala
ईनम सापकोटा प्रकरणमा पत्नी कवितासम्म पुग्यो प्रहरी अनुसन्धान, बैंक खातामा ७५०० डलर जम्मा गर्न लगाएको म्यासेज भेटियो
New Office

 

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको कथित सम्बन्धका कारण अनुसन्धानको घेरामा परेका ईनम सापकोटा प्रकरणमा प्रहरीले उनकी पत्नी कविता पाण्डेसँग पनि सोधपुछ गरेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले पाण्डेलाई कार्यालयमा बोलाएर घटना विवरणसम्बन्धी कागज गराएको हो।

जिल्ला प्रहरी परिसर काठमाण्डौका एक अनुसन्धान अधिकृतका अनुसार सापकोटाको मोबाइल फोन परीक्षणका क्रममा पत्नीको बैंक खातामा रकम जम्मा गराउन आग्रह गरिएको सन्देश फेला परेपछि उनीसँग सोधपुछ गरिएको हो।

CG Motors
Garima Development Bank
IME remit

प्रहरीले फेला पारेको म्यासेजमा सापकोटाले एक व्यक्तिलाई सानिमा बैंकमा रहेको पत्नी कविताको खाता नम्बर पठाउँदै ७ हजार ५०० अमेरिकी डलर जम्मा गरिदिन आग्रह गरेको पाइएको छ।

उक्त सन्देशका आधारमा रकमको स्रोत, सम्भावित कारोबार र त्यससँग जोडिएका विषयमा जानकारी लिन प्रहरीले पाण्डेलाई गत साता नै कार्यालयमा बोलाएको थियो।

प्रहरीले आवश्यक विवरण लिएर उनको घटना विवरण कागज गराएको हो। यद्यपि, खातामा रकम वास्तवमै जम्मा भएको थियो वा थिएन भन्ने विषय सार्वजनिक भएको छैन।

हाल सापकोटा जिल्ला प्रहरी परिसर काठमाण्डौको हिरासतमा छन्। प्रहरीले उनीविरुद्ध अदालतबाट म्याद थप गराउँदै वित्तीय कारोबार र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान अगाडि बढाइरहेको छ।

यस प्रकरणमा सापकोटासँग सम्पर्कमा रहेका अन्य प्रभावशाली व्यक्तिहरूमाथि समेत अनुसन्धान विस्तार भएको छ।

प्रहरीले कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल महेश श्रेष्ठ र लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई समेत हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

सापकोटासँग उनीहरूको सम्पर्क र सम्भावित आर्थिक कारोबारबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

प्रहरी अनुसन्धानको दायरा विस्तार हुँदै गए पनि आरोपितहरूको कसुर पुष्टि हुन बाँकी छ। अनुसन्धानका क्रममा प्राप्त प्रमाण र विवरणका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.