बैंकहरूले उठाउन नसकेको ब्याज १.१९ खर्ब पुग्यो, एक वर्षमा २० प्रतिशतले वृद्धि
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा ब्याज उठाउन नसक्दा १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबर पुगेको छ। २०७९ असारमा यो रकम करिब ६१ अर्ब ३५ करोड मात्रै रहेकोमा पछिल्लो दुई वर्षमै करिब शतप्रतिशत बढेको हो।असार २०८० मा ९९ अर्ब रहेको यस्तो ब्याज एक वर्षमा करिब २० अर्ब अर्थात् १९.८ प्रतिशत बढेको हो। असार २०७९ को...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        