बिहीबार, श्रावण २१,२०८३ 01:30:34
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:30:34
Bizshala
Global IME Bank Limited

राष्ट्रिय परिचयपत्र लिएका बैंक ग्राहकले असोजभित्र विवरण अद्यावधिक गर्नुपर्ने

राष्ट्रिय परिचयपत्र लिएका बैंक ग्राहकले असोजभित्र विवरण अद्यावधिक गर्नुपर्ने
New Office

 

 काठमाण्डौ । राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका बैंक तथा वित्तीय संस्थाका ग्राहकले आगामी असोज मसान्तभित्र आफ्नो परिचयपत्रसम्बन्धी विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार राष्ट्रिय परिचयपत्र लिइसकेका खातावालले २०८३ असोज मसान्तसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर उपलब्ध गराएर ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्नेछ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालसँग राष्ट्रिय परिचयपत्र भए वा नभएको विषयमा स्वघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। उक्त प्रक्रिया पनि असोज मसान्तभित्रै पूरा गर्नुपर्नेछ।

राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा उपलब्ध विवरणका आधारमा ग्राहकको परिचय यकिन गरेर मात्र नयाँ बैंक खाता खोल्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। यो व्यवस्था २०८१ माघ १ गतेदेखि नै लागू गरिएको हो।

राष्ट्रिय परिचयपत्र नलिएका नेपाली नागरिकलाई भने परिचयपत्र बनाउन र त्यसका आधारमा ग्राहक पहिचान अर्थात् केवाइसी विवरण अद्यावधिक गर्न बैंक तथा वित्तीय संस्थाले नियमित रूपमा सूचित गर्नुपर्नेछ।

यस्ता ग्राहकलाई बैंकहरूले प्रत्येक ६ महिनामा मोबाइल एप्लिकेसन, एसएमएस वा अन्य उपयुक्त माध्यमबाट राष्ट्रिय परिचयपत्र लिन र विवरण अद्यावधिक गर्न जानकारी गराउनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।

नयाँ व्यवस्थाले बैंकिङ कारोबारमा ग्राहकको वास्तविक पहिचान सुनिश्चित गर्नुका साथै गलत विवरण, दोहोरो पहिचान तथा वित्तीय अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.