शुक्रबार, मंसिर ४,२०८३ 04:23:24
  • शुक्रबार, मंसिर ४,२०८३ 04:23:24
Global IME Bank Limited

विदेश र अर्को जिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने तयारी, आयोगले थाल्यो कानुनी प्रक्रिया

Bizshala
विदेश र अर्को जिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने तयारी, आयोगले थाल्यो कानुनी प्रक्रिया
New Office

 

काठमाण्डौ । निर्वाचन आयोगले स्थायी ठेगानाभन्दा बाहिर बसोबास गरिरहेका नेपाली नागरिकलाई समेत मतदानमा सहभागी गराउने व्यवस्था अघि बढाउन थालेको छ। विदेशमा रहेका तथा रोजगारी, अध्ययन र अन्य कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसिरहेका मतदातालाई मतदानको अवसर उपलब्ध गराउने उद्देश्यले आयोगले कानुनी तथा नीतिगत तयारी सुरु गरेको हो।

शुक्रबार स्थानीय तहको निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलमा आयोगले बाह्य मतदानसम्बन्धी अवधारणा प्रस्तुत गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थायी ठेगानाबाट टाढा रहेका मतदातालाई समेत निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा प्रारम्भिक छलफल भएको हो।

आयोगले यससम्बन्धी कानुनको मस्यौदामा प्रस्ताव गरिएका व्यवस्थाबारे राजनीतिक दलहरूलाई जानकारी गराएको छ। छलफलमा सहभागी दलहरूले बाह्य मतदानको अवधारणाप्रति समग्रमा सकारात्मक प्रतिक्रिया दिएको आयोगले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

यद्यपि, यस्तो व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुन संसद्बाट पारित हुनुपर्ने भएकाले तत्कालै विदेश वा अर्को जिल्लाबाट मतदान गर्न पाइने निश्चित भइसकेको छैन।

प्रवक्ता भट्टराईले प्रस्तावित कानुनी व्यवस्थाको अन्तिम स्वरूप संसद्ले निर्धारण गर्ने स्पष्ट पारेका छन्।

आयोगका अनुसार गत निर्वाचनमा करिब ६० प्रतिशत मतदाताले मात्रै मतदान गरेका थिए। बाँकी करिब ४० प्रतिशत मतदाता मतदान प्रक्रियामा सहभागी हुन सकेका थिएनन्।

मतदानमा सहभागिता न्यून हुनुका विभिन्न कारणमध्ये स्थायी ठेगानाभन्दा टाढा बसोबास गर्नु पनि एउटा कारण हुन सक्ने भएकाले आयोगले बाह्य मतदानको व्यवस्था अघि बढाउन खोजेको हो।

यो व्यवस्था कार्यान्वयनमा आए रोजगारी, अध्ययन वा अन्य प्रयोजनका लागि विदेशमा रहेका नेपाली तथा देशभित्रै अर्को जिल्लामा बसिरहेका मतदातालाई मतदानमा सहभागी हुने नयाँ अवसर खुल्न सक्नेछ।

आयोगले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने तथा निर्वाचन व्यवस्थापनमा थप सुधार गर्ने विषयमा समेत राजनीतिक दलहरूसँग छलफल गरेको छ।

बाह्य मतदानको व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी आधार, मतदाता पहिचान, मतदानको विधि र व्यवस्थापकीय पक्ष भने अझै टुंगिन बाँकी छन्।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.