शुक्रबार, मंसिर ४,२०८३ 02:25:30
  • शुक्रबार, मंसिर ४,२०८३ 02:25:30
Global IME Bank Limited

जीडब्लुएमका दुई गाडीले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

Bizshala
जीडब्लुएमका दुई गाडीले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ
New Office

काठमाण्डौ । चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई मोडल ओरा ५ र हाभल एच७ ले युरोपेली सवारीसाधन सुरक्षा मूल्याङ्कन संस्था युरो एनक्यापबाट पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेका छन्।

सन् २०२६ मा गरिएको सुरक्षा परीक्षणमा दुवै मोडलले उच्चतम रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। यस उपलब्धिले जीडब्लुएमका गाडीमा प्रयोग भएका सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमताको अन्तर्राष्ट्रिय मान्यता थप मजबुत भएको कम्पनीको दाबी छ।

युरो एनक्यापले सवारीसाधनको सुरक्षा मूल्याङ्कन गर्दा चालक तथा यात्रुको सुरक्षा, दुर्घटनाको सम्भावित असर, दुर्घटनापछिको सुरक्षा व्यवस्था र चालक सहायता प्रणालीलगायतका विभिन्न पक्षको परीक्षण गर्ने गर्छ।

कम्पनीका अनुसार विद्युतीय एसयूभी ओरा ५ ले सुरक्षासम्बन्धी चारवटै प्रमुख परीक्षण क्षेत्रमा राम्रो नतिजा हासिल गरेको छ। विशेषगरी दुर्घटनाका बेला यात्रुको सुरक्षा र दुर्घटनापछिको सुरक्षा व्यवस्थामा गाडीको प्रदर्शन उल्लेखनीय रहेको जनाइएको छ।

CG Motors
Garima Development Bank
IME remit

ओरा ५ मा ब्याट्री सुरक्षाका लागि जीडब्लुएमको ‘ड्रागन आर्मर ब्याट्री प्रोटेक्सन सिस्टम’ जडान गरिएको छ। यसमा प्रयोग भएको ‘डायु ब्याट्री सेफ्टी टेक्नोलोजी’ ले विद्युतीय गाडीको ब्याट्री सुरक्षालाई थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ।

त्यस्तै, गाडीको कम्फर्ट तथा इन्फोटेनमेन्ट प्रणाली सञ्चालन गर्न प्रयोग गरिएका म्यानुअल कन्ट्रोलले परीक्षणमा पूर्ण अंक प्राप्त गरेको जनाइएको छ। स्पिड असिस्टेन्स सिस्टमले पनि राम्रो प्रदर्शन गरेको कम्पनीले उल्लेख गरेको छ।

ओरा ५ मा आधुनिक चालक सहायता प्रणाली (एडास), मजबुत बडी संरचना तथा विभिन्न सुरक्षा प्रविधि समावेश गरिएको छ।

यसअघि पनि जीडब्लुएमका सवारीसाधनले अस्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनक्याप) बाट पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरिसकेका छन्।

नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालाले ओरा ५ र हाभल एच७ को पछिल्लो उपलब्धिले नेपाली उपभोक्तामाझ ब्रान्डप्रतिको विश्वास थप बढाउने अपेक्षा गरेको छ।

कम्पनीले नेपाली बजारमा अन्तर्राष्ट्रियस्तरका सुरक्षा प्रविधि, आधुनिक सुविधा तथा गुणस्तरीय सवारीसाधन उपलब्ध गराउँदै आएको जनाएको छ।

३५ वर्षभन्दा लामो इतिहास रहेको जीडब्लुएमले विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको जनाएको छ। कम्पनीका अनुसार हालसम्म विश्वभर एक करोडभन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन्।

विद्युतीय तथा स्मार्ट सवारीसाधनको विकाससँगै सुरक्षा, प्रविधि र आधुनिक सुविधालाई प्राथमिकतामा राख्दै आएको कम्पनीको भनाइ छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.