शुक्रबार, मंसिर ४,२०८३ 01:31:49
  • शुक्रबार, मंसिर ४,२०८३ 01:31:49
Global IME Bank Limited

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न सातवटा निर्णय

Bizshala
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न सातवटा निर्णय
New Office

 

काठमाण्डौ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमण स्वीकृत गर्नेदेखि चीन सरकारको अनुदान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसम्मका महत्त्वपूर्ण निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णय गरेको हो। बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्ले आगामी मंसिर ६ र ७ गते प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै, सरकारले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन उद्धार कार्यका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्‍यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत भएको छ।

CG Motors
Garima Development Bank
IME remit

यी दुई निर्णयमार्फत सरकारले कुल १० करोड ९० लाख अमेरिकी डलर बराबरको वैदेशिक सहायता स्वीकार गर्ने भएको हो। प्रतिडलर १४० रुपैयाँको अनुमानित विनिमय दरका आधारमा यसको नेपाली मूल्य करिब १५ अर्ब २६ करोड रुपैयाँ हुन्छ।

मन्त्रिपरिषद्ले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी व्यवस्थित लगत तयार गर्न आवश्यक आदेश जारी गर्ने निर्णयसमेत गरेको छ।

यसबाट सरकारी तथा सार्वजनिक जग्गाको अभिलेखीकरण र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने सरकारको उद्देश्य देखिएको छ।

बैठकले वातावरण संरक्षण तथा विकाससँग सम्बन्धित राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० पनि स्वीकृत गरेको छ।

त्यसैगरी ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी नम्स, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ समेत स्वीकृत गरेको छ।

यसरी शुक्रबारको मन्त्रिपरिषद् बैठकले कूटनीतिक सम्बन्ध विस्तार, वैदेशिक सहायता परिचालन, सार्वजनिक जग्गा व्यवस्थापन, जैविक विविधता संरक्षण, सांस्कृतिक सम्पदा संरक्षण तथा पूर्वाधार विकाससँग सम्बन्धित सातवटा निर्णय गरेको हो।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.