शुक्रबार, मंसिर ४,२०८३ 02:25:04
  • शुक्रबार, मंसिर ४,२०८३ 02:25:04
Global IME Bank Limited

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

Bizshala
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म
New Office

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी हुने भएका छन्। परराष्ट्र मन्त्रालयले विभिन्न व्यावसायिक संघसंस्था तथा प्रतिष्ठित उद्योगी उद्यमीहरूलाई समेटेर भ्रमण टोलीको टुंगो लगाएको हो।

प्रधानमन्त्री शाह आगामी आइतबार अर्थात् मंसिर ६ गतेदेखि भारतको तीनदिने औपचारिक भ्रमणमा जाँदैछन्। उनको भ्रमणमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलसँगै ५२ सदस्यीय निजी क्षेत्रको टोलीसमेत सहभागी हुने भएको हो। व्यवसायीहरू भने आफ्नै खर्चमा भारत जानेछन्।

प्रधानमन्त्रीसँग भारत जाने व्यवसायीको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललगायत छन्।

नेपाल उद्योग वाणिज्य महासंघबाट अध्यक्ष श्रेष्ठ र पूर्वअध्यक्ष राणासहित उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक गोपालप्रसाद तिवारी, कार्यसमिति सदस्य सुनिता नेमाफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ, सागर ढकाल, निरज काफ्ले र शिवकुमार अग्रवाल भ्रमण टोलीमा समेटिएका छन्।

नेपाल उद्योग परिसंघबाट अध्यक्ष वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र उद्योगी राजबहादुर शाह सहभागी हुनेछन्।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा पनि भारत जाँदैछन्।

नेपाल–भारत उद्योग वाणिज्य संघबाट अध्यक्ष कुनाल कायल, निवर्तमान अध्यक्ष सुनील केसी र उपाध्यक्ष करण चौधरी भ्रमण टोलीमा परेका छन्।

ऊर्जा क्षेत्रबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र ऊर्जा उद्यमी पुष्कर पौडेल सहभागी हुनेछन्।

CG Motors
Garima Development Bank
IME remit

सूचना प्रविधि क्षेत्रबाट नेपाल सफ्टवेयर तथा आईटी सेवा प्रदायक संघ (नास–आईटी) का उपाध्यक्ष विभूषण विष्टले प्रतिनिधित्व गर्नेछन्।

यसैगरी, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ, नेपाल औषधि उत्पादक संघका अर्जुनकुमार श्रेष्ठ, फेडरेसन अफ नेप्लिज इन्डस्ट्रिज एन्ड कमर्सका अध्यक्ष खिमनारायण पराजुली र नेपाल निर्यात उद्यमी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे पनि टोलीमा छन्।

नेपाल कफी महासंघका उपाध्यक्ष सरोज श्रेष्ठ, तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य तथा नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीसमेत भारत जाने भएका छन्।

पर्यटन क्षेत्रबाट होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे सहभागी हुनेछन्।

त्यस्तै, महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ र महासचिव दिकिला शेर्पा लामा तथा नेपाल कार्पेट उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ पनि भ्रमण टोलीमा समावेश छन्।

विभिन्न व्यावसायिक संघसंस्थाका प्रतिनिधिबाहेक उद्यमी सचिन ढकाल, नितेश मालपानी, कल्याण गुरुङ, टुकप्रसाद पौडेल, जीवानाथ लामिछाने, डिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास, यमुना श्रेष्ठ, विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, सञ्जय काफ्ले, दीपक थापा र रञ्जनकुमार बान पनि भारत भ्रमणमा जाने भएका छन्।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.