बालेन शाह र हर्क साम्पाङसहित ५ जना उम्मेदवारसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका विभिन्न आरोपमा विभिन्न दलका पाँच जना उम्मेदवारसँग सात विषयमा स्पष्टीकरण मागेको छ । आयोगले निर्वाचन प्रक्रियालाई मर्यादित, निष्पक्ष र सभ्य बनाउन आचारसंहिताको कडाइपूर्वक पालना गराउने उद्देश्य स्वरुप स्पष्टीकरण मागेको जनाएको छ ।आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार बालेन शाह, श्रम संस्कृति...

