बुधबार, आश्विन ७,२०८३ 06:53:49
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 06:53:49
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बालेन शाह नोभेम्बरमा भारत भ्रमण गर्ने तयारी

Bizshala
प्रधानमन्त्री बालेन शाह नोभेम्बरमा भारत भ्रमण गर्ने तयारी
New Office

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आगामी नोभेम्बरमा भारत भ्रमणमा जाने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय समाचार च्यानल ‘आजतक’को अनलाइन संस्करणका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ बीच गर्ने गरी तयारी भइरहेको छ। यद्यपि भ्रमणको मिति भने औपचारिक रूपमा टुंगो लाग्न बाँकी रहेको समाचारमा उल्लेख छ।

प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण अमेरिका भए पनि भारत भ्रमण भने उनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुने भारतीय सञ्चारमाध्यमले जनाएको छ। शाह हाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका भ्रमणमा छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिका भ्रमणपछि हुने भनिएको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच कनेक्टिभिटी, ऊर्जा, व्यापार, पूर्वाधार तथा बाढीपछिको पुनर्निर्माण लगायतका विषयमा छलफल हुने सम्भावना रहेको जनाइएको छ।

भ्रमणका क्रममा रक्सौल–काठमाडौं ब्रोडगेज रेल लिंक तथा जनकपुर–अयोध्या यात्री रेल सेवा सञ्चालन लगायतका विषय अघि बढाउनेबारे छलफल हुन सक्ने समाचारमा उल्लेख छ।

त्यस्तै, दुई देशबीच ऊर्जा तथा पूर्वाधार सहकार्य विस्तारका विषयसमेत भ्रमणका क्रममा उठ्न सक्ने जनाइएको छ। ‘आजतक’ले भ्रमणको तयारी अघि बढिरहेको जनाए पनि मिति औपचारिक रूपमा निश्चित भइनसकेको स्पष्ट पारेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.