आईतवार, चैत्र १,२०८२ 03:23:42
Bizshala
  • आईतवार, चैत्र १,२०८२ 03:23:42
Bizshala
Global IME Bank Limited

चैत १० भित्र बालेन नेतृत्वको सरकारः गृहमा अर्याल र अर्थमा वाग्ले, बाँकी नाम फाइनल हुन बाँकी

Hyundai Nepal
चैत १० भित्र बालेन नेतृत्वको सरकारः गृहमा अर्याल र अर्थमा वाग्ले, बाँकी नाम फाइनल हुन बाँकी
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले छिटोमा चैत १० गतेभित्र नयाँ सरकार गठन गर्ने गरी आवश्यक पूर्व तयारी र छलफलहरुलाई तीव्र बनाएको छ ।  

रास्वपाका सभापति रवि लामिछानेलाई भाइरल ज्वरो केही कम भएपछि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र शाहसँग बाक्लै छलफल गरिरहेका छन् । ती छलफलहरु आगामी सरकार गठनमा केन्द्रीत रहेका छन् ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच पार्टीको विधान संसोधन, संसदीय दलको नेता चयन, बालेनको नेतृत्वमा बन्ने भनिएको सरकारमा सहभागी हुने प्रधानमन्त्रीपछिका महत्वपूर्ण मन्त्रीको नाममा मोटामोटी सहमति भइसकेको छ ।  

लामिछानेनिकट उच्च स्रोतका अनुसार रास्वपाले बालेन नेतृत्वको सरकारमा अर्थमन्त्रीको रुपमा डा. स्वर्णिम वाग्लेलाई नियुक्त गर्ने यसअघि नै सहमति भइसकेको छ । वाग्लेलाई चुनावअघि नै सभापति रवि लामिछानेले पार्टीको एक सार्वजनिक समारोहबाटै भावी अर्थमन्त्रीको रुपमा प्रस्तुत गर्दै बजेट लेख्ने काम सुरु गर्न भनिसकेका थिए । चुनावमा झण्डै दुईतिहाई बहुमत पाएको रास्वपामा भावी अर्थमन्त्रीको रुपमा डा. स्वर्णिमको बाटो छेक्न विभिन्न शक्तिकेन्द्रहरु क्रियाशील थिए । यो अभियानमा अर्थमन्त्री डा. रामेश्वर खनालले समेत विभिन्न पावरसेन्टरहरु प्रयोग गरेर खेलिरहेकासम्मको आरोप लागेका थिए । विभिन्न सञ्चारमाध्यमहरुमा आफूमाथि लाग्दै आएका आरोपको डा. खनालले भने खण्डन गर्दै आएका छन् ।  

यसरी डा. स्वर्णिमलाई रोक्ने विभिन्न प्रयास हुँदा नेताहरुलाई भड्काउने, उचाल्ने, बोक्ने लगायतका गतिविधि भए पनि रवि लामिछानेको विशेष जोडबलमा बालेन शाह अर्थमन्त्रीको रुपमा युवा अर्थशास्त्री डा. वाग्लेलाई सरकारमा सहभागी गराउने विषयमा पूर्ण रुपमा सहमत भइसकेका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अब बन्ने सरकारको गृहमन्त्रीको रुपमा समेत मोटामोटी सहमति भइसकेको दाबी गरिएको छ । सहमतिअनुसार बालेन शाह नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्रीको रुपमा रास्वपाका उपसभापति डीपी अर्याल नियुक्त हुनेछन् । यी बाहेकका बाँकी मन्त्रालयको विषयमा बजारमा चलेको हल्लाजस्तो कुनै निर्णय नभइसकेको र छलफल जारी रहेको लामिछाने तथा शाह सचिवालयका सदस्यहरुले नै हामीसँगको कुराकानीमा पुुष्टि गरेका छन् ।

रास्वपाले सरकार गठनअघि समानुपातिक प्रणालीतर्फ सांसद हुनेहरुको नाम आज टुंग्याएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ। आफूले पाएको ५७ सिटमा ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाइएको उनको भनाई छ ।  

खासआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको झाले बताए।  

आइतबार बसेको सचिवालयले टुंगो लगाएको ५७ जनाको नामावली आजै निर्वाचन आयोगमा बुझाइनेछ ।  

यसैबीच, सचिवालय सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले नयाँ सरकार गठन हुन दश दिनजति लाग्नसक्ने बताएका थिए ।  

‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरूको नामावली बुझाउने भएकाले आज हामी त्यो नामावली टुंग्याउँछौँ,’ प्रवक्ता झाले भनेका थिए, ‘केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरू बाँकी नै रहेकाले नयाँ सरकार बन्न भने १० दिन जति समय लाग्न सक्छ।’

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.