काठमाण्डौ। ‘जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत आज साँझ ललितपुरको पाटन क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद जगदीश खरेल सहभागी हुने भएका छन्।
सार्वजनिक गरिएको कार्यक्रमअनुसार आज मंसिर ६ गते आइतबार साँझ ६ः३० बजेदेखि पाटनका विभिन्न स्थानमा घुमघाम कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रमको रुट सुनधारा, टंगाल, ओकुबहाल, अग्निशाला, पिम्बहाल हुँदै मंगलबजारसम्म तय गरिएको छ।
‘जनतासँग सरकार : ललितपुर पाटन घुमघाम’ नाम दिइएको कार्यक्रममा दुई मन्त्री र रास्वपा प्रवक्ताको सहभागिता रहने जनाइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा रहेका बेला सरकारका दुई मन्त्री सहभागी हुने गरी पाटन क्षेत्रमा यो कार्यक्रम तय गरिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।