काठमाण्डौ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बानियाँलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन गत साता नै अनुमति लिएको हो।
स्रोतका अनुसार बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिइएको हो। पक्राउ अनुमति जारी भएको जानकारी पाएपछि उनी सम्पर्कविहीन रहेको स्रोतको दाबी छ।
बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री थिए।
यसअघि सीआईबीले पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध समेत ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिएको थियो। अर्याल पनि हाल फरार रहेको बताइएको छ।
नेपालबाट मलेसिया जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरेको प्रकरणमा सीआईबीले यसअघि पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित ६ जनालाई पक्राउ गरिसकेको छ।
उक्त प्रकरणमा गैरकानुनी नीतिगत निर्णयका माध्यमबाट १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको सीआईबीको अनुसन्धानमा देखिएको उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।