आईतवार, मंसिर ६,२०८३ 03:21:19
  • आईतवार, मंसिर ६,२०८३ 03:21:19
Global IME Bank Limited

प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

Bizshala
प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने
New Office

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुईदिने राजकीय भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि सहभागी भएका छन्। प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले आइतबार नयाँदिल्ली प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल र भारतबीच हुने उच्चस्तरीय बैठक तथा द्विपक्षीय छलफलहरूमा नेपाल सरकारका अर्थमन्त्रीका रूपमा सहभागिता जनाउने कार्यक्रम छ। उनले नेपाली प्रतिनिधिमण्डलमा दोस्रो वरीयताका मन्त्रीका रूपमा आर्थिक तथा वित्तीय सहकार्यसम्बन्धी विषयहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

अर्थमन्त्री वाग्लेले आइतबार साँझ नै नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत व्यावसायिक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

CG Motors
Garima Development Bank
IME remit

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई)को संयुक्त आयोजनामा हुने कार्यक्रममा दुवै देशका उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरू सहभागी हुनेछन्।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी गराउँदै भारतीय निजी क्षेत्रलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गर्ने अपेक्षा गरिएको छ।

अन्तरक्रियामा विशेषगरी नेपालमा लगानी प्रवर्द्धन, द्विपक्षीय व्यापार विस्तार, औद्योगिक सहकार्य, निर्यात प्रवर्द्धन तथा दुई देशबीच आर्थिक साझेदारी सुदृढ गर्ने विषयमा छलफल हुनेछ।

सो कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले पनि सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। उक्त वार्तामा व्यापार, ऊर्जा, पूर्वाधार, लगानी तथा आर्थिक सहकार्यलगायत विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डल सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.