आईतवार, मंसिर ६,२०८३ 02:05:08
  • आईतवार, मंसिर ६,२०८३ 02:05:08
Global IME Bank Limited

सुस्ताएको घरजग्गा बजारलाई चलायमान बनाउन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’, ६० बढी स्टल रहने

Bizshala
सुस्ताएको घरजग्गा बजारलाई चलायमान बनाउन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’, ६० बढी स्टल रहने
New Office

 

काठमाण्डौ । सुस्ताएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ आयोजना हुने भएको छ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भी ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको परिसरमा एक्स्पो सञ्चालन हुने भएको हो।

लामो समयदेखि घरजग्गा कारोबार र निर्माण गतिविधिमा देखिएको सुस्तताका कारण यस क्षेत्रसँग सम्बन्धित व्यवसायी, निर्माण कम्पनी, उद्योग तथा श्रमिक प्रभावित भइरहेको अवस्थामा एक्स्पो आयोजना गर्न लागिएको हो।

आयोजक नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले एक्स्पोमार्फत लगानीकर्ता, व्यवसायी र उपभोक्तालाई एउटै थलोमा जोडेर नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको बताए।

CG Motors
Garima Development Bank
IME remit

उनका अनुसार प्रदर्शनीले स्वदेशी लगानी प्रवर्द्धन, आधुनिक निर्माण प्रविधिको विस्तार तथा घरजग्गा व्यवसायमा सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका अध्यक्ष विष्णु घिमिरेले पनि एक्स्पोले घरजग्गा र निर्माण क्षेत्रलाई पुनः गति दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

तीन दिनसम्म चल्ने एक्स्पोमा आधुनिक आवास निर्माण सामग्री, नयाँ प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण कम्पनीका सेवा र विभिन्न निर्माणसम्बन्धी उत्पादन प्रदर्शन गरिनेछ।

त्यस्तै, घर निर्माणका क्रममा पालना गर्नुपर्ने सरकारी मापदण्ड, भवन संहिता, निर्माणको गुणस्तर तथा सुरक्षासम्बन्धी विषयमा समेत जानकारी उपलब्ध गराइने आयोजकले जनाएको छ।

एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेताका ६० भन्दा बढी स्टल रहनेछन्। आयोजकले प्रदर्शनी अवधिभर करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अनुमान गरेको छ।

प्रदर्शनीमा सहभागी हुन चाहने व्यवसायी तथा कम्पनीका लागि स्टल बुकिङसमेत खुला गरिएको छ।

घरजग्गा बजारमा आएको सुस्तताबीच आयोजना हुन लागेको यस प्रदर्शनीले व्यवसायी र सम्भावित ग्राहकबीच प्रत्यक्ष सम्पर्क बढाउनुका साथै नयाँ लगानी तथा कारोबारका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.