काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आवश्यक ई–ट्याग (E-Tag) को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ।
ई–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो। यसको प्रयोगबाट सवारीसाधनले टोल बुथमा नरोकिई छिटो, सहज र नगदरहित रूपमा शुल्क भुक्तानी गर्न सक्नेछन्।
सवारीसाधनमा ई–ट्याग स्टिकर टाँसेपछि सुरुङमार्ग प्रयोग गर्दा सम्बन्धित खाताबाट स्वचालित रूपमा टोल शुल्क कट्टा हुनेछ। यसले टोल बुथमा हुने भीडभाड र लामो लाइनको समस्या कम गर्नुका साथै यात्राको समयसमेत बचत गर्ने बैंकको विश्वास छ।
बैंकका अनुसार ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बर लिएर नजिकैको कुमारी बैंकको शाखाबाट ई–ट्याग प्राप्त गर्न सक्नेछन्।
यससम्बन्धी थप जानकारी बैंकको वेबसाइटबाट लिन सकिनेछ। साथै, वेबसाइटमार्फत नै अनलाइन ई–ट्याग दर्ता प्रक्रियासमेत पूरा गर्न सकिने बैंकले जनाएको छ।
डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सुरुङमार्गमा सहज र छिटो यात्रा गर्न चाहने सवारीधनीलाई ई–ट्याग जडान गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।