आईतवार, मंसिर ६,२०८३ 01:06:19
  • आईतवार, मंसिर ६,२०८३ 01:06:19
Global IME Bank Limited

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

Bizshala
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन्।

प्रधानमन्त्री शाहसँगै सरकारका वरिष्ठ मन्त्रीहरू पनि भारत भ्रमणमा सहभागी हुने भएपछि मन्त्रिपरिषद्को वरियताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जाने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा सरकारको दैनिक प्रशासनिक कामकाज सञ्चालन गर्ने जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको बताइएको छ।

उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने प्रक्रिया अघि बढ्नेछ।

CG Motors
Garima Development Bank
IME remit

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार औपचारिक भारत भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यतालिका रहेको छ।

प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा मुलुकभित्र सरकारको दैनिक प्रशासनिक कामकाज नियमित रूपमा सञ्चालन गर्न कार्यवाहक प्रधानमन्त्री तोक्ने प्रचलन छ।

भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा तथा अन्य आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.