काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला तीन हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।