आईतवार, मंसिर ६,२०८३ 07:31:14
  • आईतवार, मंसिर ६,२०८३ 07:31:14
Global IME Bank Limited

अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो ४ हजार डलरमा बिक्री

Bizshala
अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो ४ हजार डलरमा बिक्री
New Office

काठमाडौँ। अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो लिलामीमा ४ हजार अमेरिकी डलरमा बिक्री भएको छ।

फ्रेममा सजाएर राखिएको उक्त कपाल सन् १७९९ मा वासिङ्टनलाई उनको निधन हुनुअघि रात्रिभोजमा आतिथ्य प्रदान गर्ने जोन ग्याड्सबीको स्वामित्वमा थियो। पछि ग्याड्सबीका एक वंशजबाट सङ्कलक जोन के. ल्याटिमरले उक्त कपाल प्राप्त गरेका थिए। लिलामी गर्ने संस्था रिचमन्ड अक्सन्सका अनुसार कपालका नयाँ मालिकको नाम भने सार्वजनिक गरिएको छैन।

शनिबार भएको लिलामी वासिङ्टनको कपाल बिक्री भएको सबैभन्दा महँगो लिलामी भने होइन। सन् २०२१ मा उनको निधन हुनुअघि वा निधनपछि काटिएको मानिएका कपालका तीनवटा रौँ राखिएको एउटा लकेट झन्डै ४० हजार डलरमा बिक्री भएको थियो।

ग्याड्सबी सन् १७९९ मा भर्जिनिया राज्यको एलेक्जान्ड्रिया सहरका बासिन्दा थिए। उनले सोही वर्ष निधन हुनुभन्दा केही समयअघि वासिङ्टनलाई रात्रिभोजमा आमन्त्रण गरेका थिए। रिचमन्ड अक्सन्सको वेबसाइटमा प्रकाशित सन् १९२८ को एक लिखित बयानमा ग्याड्सबीकी नातिनी जुलिया टेन आइक म्याकब्लेयरले यसबारे उल्लेख गरेकी छन्।

CG Motors
Garima Development Bank
IME remit

म्याकब्लेयरका अनुसार आफ्ना हजुरबुबाले वासिङ्टनसँगको मित्रता र जीवनको अन्तिम समयको सम्बन्धका कारण उनको कपाल प्राप्त गरेका थिए। उनले उक्त कपाललाई फ्रेममा सजाएर आफ्नो घरमा वासिङ्टनको तस्बिरमुनि झुन्ड्याएका थिए।

म्याकब्लेयरले बयानमा भनेकी छन्, “उहाँले उक्त कपाललाई फ्रेममा सजाएर वासिङ्टनको तस्बिरमुनि हाम्रो वासिङ्टन सहरस्थित घरमा झुन्ड्याउनुभएको थियो। मैले आफ्नो जीवनभरि नै त्यसलाई त्यहाँ देखेकी छु।”

रिचमन्ड अक्सन्सका अनुसार ग्याड्सबीले सन् १७९८ र १७९९ मा वासिङ्टनको जन्मदिनका अवसरमा आयोजित दुवै समारोहमा आतिथ्य प्रदान गरेका थिए।

वासिङ्टनले अमेरिकी स्वतन्त्रता सङ्ग्राममा बेलायती सेनाविरुद्ध अमेरिकी फौजको नेतृत्व गर्दै विजय हासिल गरेका थिए। उनले अमेरिकी संविधान निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। सन् १७८८ मा अमेरिकाको पहिलो राष्ट्रपति बनेका वासिङ्टनले दुई कार्यकाल पूरा गरेपछि सन् १७९७ मा पदत्याग गरेका थिए।

वासिङ्टनका कपालका विभिन्न झुप्पा अहिले पनि सुरक्षित राखिएका छन्। तीमध्ये कम्तीमा ५० वटा नमुना उनको पूर्वनिवास माउन्ट भर्ननमा रहेको सङ्ग्रहमा छन्। उक्त स्थान अहिले सङ्ग्रहालयका रूपमा सञ्चालनमा छ।

माउन्ट भर्ननको वेबसाइटमा प्रकाशित एक ब्लगमा भनिएको छ, “मित्र वा प्रियजनको कपाल सार्वजनिक रूपमा प्रदर्शन गर्ने चलन १९औँ शताब्दीमा उत्कर्षमा पुगेको थियो। तर वासिङ्टन परिवारजस्ता सम्पन्न परिवारमा यो परम्परा त्यसभन्दा धेरै अघिदेखि लोकप्रिय थियो।”

वासिङ्टनसँग सम्बन्धित कपालका झुप्पा मात्र होइन, अन्य सामग्रीले पनि लिलामीमा राम्रो मूल्य पाएका छन्।

गत जुलाईमा सन् १७७६ मा वासिङ्टनले हस्ताक्षर गरेको एउटा पत्र १ लाख ९ हजार ८०० डलरमा बिक्री भएको थियो। उक्त पत्रमा उनले बेलायती सेनाविरुद्ध लड्न कन्टिनेन्टल आर्मीका लागि सैनिक उपलब्ध गराइदिन आग्रह गरेका थिए।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.