काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको छ। उपविजेता लुम्बिनी लायन्सले ८० लाख, तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी २१८ रन र ६ विकेटसहित सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५ लाख रुपैयाँ जित्न सफल भए।
चितवनका रिजन ढकालले सर्वोत्कृष्ट नेपाली खेलाडीको अवार्डसँगै करिब ६० लाख रुपैयाँ मूल्यको कार पाए। १७ विकेट लिएका उनले गोल्डेन क्याप र उत्कृष्ट बलरको उपाधिसमेत जित्दै २ लाख रुपैयाँ र मोटरसाइकल प्राप्त गरे।
विराटनगर किंग्सका लोकेश बम २४२ रनसहित उत्कृष्ट ब्याटर घोषित भए भने जनकपुर बोल्ट्सका राहुल यादव उदयीमान खेलाडी बने। दुवैले मोटरसाइकल पुरस्कार पाए।
त्यस्तै, चितवनका श्रीलंकाली खेलाडी कमिल मिसरा रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित हुँदै २ लाख रुपैयाँ पाए। सर्वाधिक रन बनाउने युवराज साम्राले प्लाटिनम क्यापसहित २ लाख रुपैयाँ प्राप्त गरे।
लुम्बिनी लायन्सले एमसीसी स्पिरिट अफ क्रिकेट अवार्ड पनि जितेको छ। उक्त अवार्ड टोलीका कप्तान रोहितकुमार पौडेलले ग्रहण गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।