मौसम सुधारसँगै आन्तरिक हवाई उडान पुनः सुचारु
काठमाण्डौ । अविरल वर्षाका कारण हिजोबाट रोकिएका देशभित्रका हवाई उडान आज बिहानैदेखि पुनः सुरु भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम सुधारसँगै देशका विभिन्न गन्तव्यतर्फ आन्तरिक उडान क्रमशः सञ्चालनमा आएका हुन्।