बुधबार, मंसिर ९,२०८३ 04:39:27
  • बुधबार, मंसिर ९,२०८३ 04:39:27
Global IME Bank Limited

जलवायु परिवर्तनको चपेटामा कञ्चनजंघा, संरक्षणका लागि विश्वव्यापी एकताको आह्वान

Bizshala
जलवायु परिवर्तनको चपेटामा कञ्चनजंघा, संरक्षणका लागि विश्वव्यापी एकताको आह्वान
New Office

काठमाण्डौ । जलवायु परिवर्तनका कारण बढ्दो जोखिममा रहेका नेपालका हिमाली क्षेत्रको संरक्षणमा विश्वव्यापी एकता र सहकार्य आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।

समृद्ध पहाड र युनेस्को काठमाण्डौको संयुक्त आयोजनामा मंगलबारदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको ‘कञ्चनजंघा थ्रु द लेन्स’ नामक फोटो प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी वक्ताहरूले हिमाली पर्यावरण र त्यहाँ आश्रित समुदायको संरक्षणमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनीमार्फत कञ्चनजंघा क्षेत्रको प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक महत्त्वलाई उजागर गर्दै जलवायु परिवर्तनले हिमाली क्षेत्र र स्थानीय समुदायमा पारिरहेको प्रभावबारे सचेतना फैलाउने उद्देश्य राखिएको छ।

उद्घाटन समारोहमा नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटली, बेलायती राजदूत रोब फेन, डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घाना गुरुङ, युनेस्को नेपालका प्रतिनिधि ज्याको डु टोइट तथा केसीएएमसीका बोर्ड सदस्य छेतेन शेर्पालगायतको सहभागिता थियो।

वक्ताहरूले नेपालका हिमाल तथा हिमाली समुदायको संरक्षणमा ऐक्यबद्धता जनाउँदै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–३१ मा नेपालले उठाएका मुद्दा र मागप्रति समर्थन व्यक्त गरेका थिए।

उनीहरूले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असमानुपातिक प्रभावलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन तथा विश्वव्यापी जलवायु वार्तामा हिमाली मुलुकका आवाज र प्राथमिकतालाई उचित स्थान दिनुपर्नेमा जोड दिए।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले विशेष सन्देशमार्फत कञ्चनजंघा केवल भौगोलिक क्षेत्र मात्र नभई नेपालको राष्ट्रिय पहिचान, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताको जीवन्त प्रतीक भएको बताइन्।

उनले हिमनदी, जैविक विविधता, पवित्र तीर्थस्थल तथा मौलिक संस्कृतिले भरिपूर्ण कञ्चनजंघा क्षेत्रको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गरिन्।

यस्ता प्रदर्शनीले स्थानीय कला, संस्कृति, धार्मिक आस्था र प्राकृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरिन्।

CG Motors
Garima Development Bank
IME remit

कञ्चनजंघालाई युनेस्कोको अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहल

प्रदर्शनीले कञ्चनजंघा संरक्षण क्षेत्रलाई युनेस्कोको ‘मानव तथा जैवमण्डल कार्यक्रम’ (Man and the Biosphere Programme) अन्तर्गत अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहललाई समेत प्राथमिकतामा राखेको छ।

यस्तो मान्यता प्राप्त भएमा जैविक विविधता संरक्षण, वैज्ञानिक अनुसन्धान, दिगो जीविकोपार्जन तथा समुदायको नेतृत्वमा हुने संरक्षणका गतिविधिलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा सन् १८९९ मा कञ्चनजंघा क्षेत्रमा पुगेका प्रसिद्ध इटालियन फोटोग्राफर तथा पर्वतारोही भिटोरियो सेलाले खिचेका दुर्लभ ऐतिहासिक तस्बिरदेखि समकालीन फोटोग्राफरका कृतिहरूसम्म समावेश गरिएको छ।

एक शताब्दीभन्दा लामो समयको दृश्य इतिहास समेटिएको प्रदर्शनीमा कञ्चनजंघाको प्राकृतिक दृश्य, पर्वतारोहण इतिहास, जैविक विविधता, आदिवासी ज्ञान, सांस्कृतिक परम्परा तथा जलवायु परिवर्तनका असरलाई तस्बिरमार्फत प्रस्तुत गरिएको छ।

फोटोग्राफी प्रतियोगिताका विजेता सम्मानित

प्रदर्शनीअन्तर्गत आयोजित फोटोग्राफी प्रतियोगिताका विजेताहरूलाई समेत उद्घाटन समारोहमा सम्मान गरिएको छ।

प्रतियोगितामा गिरीराज बाँस्कोटाले प्रथम, फिलिप लिलिएन्थलले द्वितीय र रूपकराज सुनुवारले तृतीय स्थान हासिल गरेका छन्।

प्रतियोगितामा प्राप्त तस्बिरहरूको मूल्यांकन वरिष्ठ नेपाली फोटोग्राफर मणि लामा र लक्ष्मीप्रसाद न्हाकुसीले गरेका थिए।

प्रतियोगिताको उद्देश्य उत्कृष्ट फोटोग्राफीलाई प्रोत्साहन गर्नुका साथै तस्बिरमार्फत प्रकृति संरक्षण, सांस्कृतिक अभिलेखीकरण र जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणालीको भविष्यमा गम्भीर चुनौती थपिरहेका बेला आयोजित यस प्रदर्शनीले नेपालको हिमाली संरक्षणको मुद्दालाई विश्वव्यापी जलवायु न्याय, वातावरण संरक्षण र दिगो विकासको बहससँग जोड्ने अपेक्षा गरिएको छ।

प्रदर्शनी आगामी नोभेम्बर ३० अर्थात् मंसिर १४ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सर्वसाधारणका लागि खुला रहनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.