बिहीबार, कार्तिक २६,२०८३ 07:57:52
  • बिहीबार, कार्तिक २६,२०८३ 07:57:52
Global IME Bank Limited

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

Bizshala
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो
New Office

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको रसुवास्थित गोसाइँकुण्डको पर्यटन गतिविधि पुनः चलायमान हुन थालेको छ । आवागमन सहज बन्दै गएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार पर्यटकको सङ्ख्या बढ्न थालेपछि होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा साना व्यवसायीलाई राहत पुगेको छ । गाउँपालिकाले पदमार्ग मर्मतसम्भार र पर्यटकको सुरक्षाका लागि आवश्यक समन्वय गरिरहेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले पनि बाढीपछि अवरुद्ध आवागमन सहज भएसँगै गोसाइँकुण्डमा पर्यटकको आगमन नियमित हुन थालेको बताए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

स्थानीय होटल व्यवसायी सन्तोष घलेका अनुसार पछिल्लो समय आन्तरिक पर्यटक र युवापुस्ताको आकर्षण बढेको छ । पहिले जनैपूर्णिमा र गङ्गादशहरामा मात्रै बढी तीर्थयात्री आउने गरेकामा अहिले वर्षभरिजसो पदयात्रा तथा घुमफिरका लागि पर्यटक पुग्न थालेका छन् ।

समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड धार्मिक तथा प्राकृतिक महत्त्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य हो । करिब १३ दशमलव ८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डको लम्बाइ ६२५ दशमलव ५५ मिटर, चौडाइ ३०२ मिटर र गहिराइ २६ मिटर छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र मानिने गोसाइँकुण्डमा गङ्गादशहरा र जनैपूर्णिमाका अवसरमा विशेष मेला लाग्ने गर्छ । यस क्षेत्र आसपास भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायतका कुण्ड पनि रहेका छन् ।

Garima Development Bank
Bizshala
IME remit

प्राकृतिक तथा जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र सन् २००७ सेप्टेम्बर २३ मा रामसार सूचीमा सूचीकृत भएको थियो । यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृगलगायत वन्यजन्तु तथा विभिन्न हिमाली वनस्पति पाइन्छन् ।

स्थानीय व्यवसायीले पदमार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकास गर्न सके गोसाइँकुण्डको पर्यटनले स्थानीय जीविकोपार्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने बताएका छन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.