शुक्रबार, कार्तिक १३,२०८३ 03:44:59
  • शुक्रबार, कार्तिक १३,२०८३ 03:44:59
Global IME Bank Limited

विश्वका ८ हजार मिटरमाथिका हिमाल १४ बाट २० पुर्‍याउने नेपालको प्रस्ताव, ६ नयाँ हिमाललाई छुट्टै मान्यता दिलाउन पहल

Bizshala
विश्वका ८ हजार मिटरमाथिका हिमाल १४ बाट २० पुर्‍याउने नेपालको प्रस्ताव, ६ नयाँ हिमाललाई छुट्टै मान्यता दिलाउन पहल
New Office

काठमाण्डौ । नेपालले ८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन औपचारिक पहल अघि बढाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा उक्त प्रस्ताव अघि सारिएको बताएका हुन्।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको यूआईएएको साधारणसभामा नेपालले यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टै ८ हजार मिटरमाथिका हिमालको मान्यता दिन प्रस्ताव गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रस्ताव गरिएका हिमालमध्ये यालुङ काङको उचाइ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिणको ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्यको ८ हजार ४७३ मिटर, ल्होत्से मध्यको ८ हजार ४१० मिटर, ल्होत्से शारको ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिमको ८ हजार ७७ मिटर रहेको छ।

नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाए विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ।

त्यस्तै नेपालमा मात्रै ८ हजार मिटरभन्दा अग्ला छुट्टै मान्यता प्राप्त हिमालको संख्या हालको ८ बाट बढेर १४ पुग्नेछ। त्यसो भए विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमै रहेको नयाँ अन्तर्राष्ट्रिय पहिचान स्थापित हुनेछ।

Garima Development Bank
Bizshala
IME remit

नेपाल पर्वतारोहण संघको आतिथ्यमा भइरहेको यूआईएए साधारणसभामा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, पर्वतीय विज्ञ तथा सरोकारवालाको सहभागिता रहेको छ। नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि यूआईएएको साधारणसभा आयोजना गरिसकेको छ।

मन्त्री पौडेलले थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सकिए नेपालको पर्वतीय पहिचान थप मजबुत हुनुका साथै पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान र पर्यटन प्रवर्द्धनमा नयाँ अवसर सिर्जना हुने बताएका छन्।

“नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नसमेत यसले सहयोग पुग्ने विश्वास लिएका छौं,” मन्त्री पौडेलले भने।

हिमालको अन्तर्राष्ट्रिय पहिचान र वर्गीकरणसँगै जलवायु परिवर्तनका कारण बढ्दो हिमाली जोखिम, प्राकृतिक सम्पदाको संरक्षण तथा पर्वतीय समुदायको जीविकोपार्जनका विषयलाई समेत अन्तर्राष्ट्रिय बहसमा जोड्न सकिने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.