शुक्रबार, कार्तिक २०,२०८३ 04:48:15
  • शुक्रबार, कार्तिक २०,२०८३ 04:48:15
Global IME Bank Limited

डब्ल्यूटीएम लन्डनमा नेपालको दमदार उपस्थिति, वेलनेसदेखि दिगो पर्यटनसम्म विश्वलाई भ्रमणको निम्तो

Bizshala
डब्ल्यूटीएम लन्डनमा नेपालको दमदार उपस्थिति, वेलनेसदेखि दिगो पर्यटनसम्म विश्वलाई भ्रमणको निम्तो
New Office

काठमाण्डौ । बेलायतको लन्डनमा सम्पन्न विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मा नेपालले वेलनेस, साहसिक, सांस्कृतिक तथा दिगो पर्यटनका विविध सम्भावना प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा आफ्नो उपस्थिति सशक्त बनाएको छ।

नोभेम्बर ३ देखि ५ सम्म लन्डनस्थित एक्सेल प्रदर्शनी केन्द्रमा आयोजित मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित ३२ वटा पर्यटनसम्बद्ध निजी कम्पनी सहभागी भएका थिए।

मेलामार्फत अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, ट्राभल बायर, सञ्चारमाध्यम तथा पर्यटन क्षेत्रका सरोकारवालासँग व्यावसायिक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको पर्यटन उत्पादन र सेवाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिएको थियो।

नेपालले विशेषगरी सन् २०२७ मा मनाउने तयारी गरिएको ‘नेपाल वेलनेस पर्यटन वर्ष’लाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने विषयलाई प्राथमिकता दिएको थियो। योग, ध्यान, आध्यात्मिक पुनर्ताजगी तथा समग्र स्वास्थ्यसँग जोडिएका पर्यटन अनुभवलाई नयाँ पर्यटन उत्पादनका रूपमा प्रस्तुत गरिएको थियो।

त्यसैगरी नेपालले हिमाल आरोहण र पदयात्रासँगै उच्च हिमाली म्याराथन, माउन्टेन बाइकिङ, र्‍याफ्टिङ, वन्यजन्तु अवलोकन, सांस्कृतिक सम्पदा, सामुदायिक पर्यटन तथा आध्यात्मिक पर्यटनका सम्भावनासमेत विश्व बजारमा प्रस्तुत गरेको छ।

प्राकृतिक सौन्दर्य, जीवन्त संस्कृति र स्थानीय समुदायसँगको अन्तरक्रियालाई जोड्दै नेपाललाई विविध अनुभव उपलब्ध गराउने जिम्मेवार तथा दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल पेभिलियनको उद्घाटन पर्यटनमन्त्री पौडेलले प्रतिनिधिसभा सदस्य मनीष झाको उपस्थितिमा गरेका थिए। प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव शंकरबहादुर केसीसमेत सहभागी थिए।

डब्ल्यूटीएमका क्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्रसिंह शेखावत, भारतीय राज्यसभा सदस्य तथा लेखक सुधा मूर्ति, यूएईका अर्थतन्त्र तथा पर्यटनमन्त्री अब्दुल्ला बिन तौक अल मारी तथा श्रीलङ्काका पर्यटन उपमन्त्री प्रा. रुवान रणतुङ्गासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भेटवार्तामा द्विपक्षीय पर्यटन सहकार्य सुदृढ गर्ने, हवाई सम्पर्क विस्तार गर्ने, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रमा लगानीका सम्भावना खोज्ने तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको थियो।

मन्त्री पौडेलले डब्ल्यूटीएमसँगै विश्व पर्यटन तथा भ्रमण परिषद् र संयुक्त राष्ट्रसंघीय पर्यटन निकायको संयुक्त आयोजनामा सम्पन्न २०औँ मन्त्रीस्तरीय सम्मेलनमा पनि सहभागिता जनाएका थिए।

Garima Development Bank
Bizshala
IME remit

‘उत्थानशील र पुनरुत्थानमुखी भविष्यका लागि पर्यटन सुदृढीकरण’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण हिमाली गन्तव्यहरूमा बढ्दै गएको जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

उनले हालैको भोटेकोसी आकस्मिक बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको उदाहरण दिँदै जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा गम्भीर चुनौती थपिरहेको बताए।

पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न स्थानीय समुदाय, सरकार र संस्थागत संरचनाबीच बलियो समन्वय आवश्यक रहेकोमा उनले जोड दिएका थिए।

नेपालले मेलामा वन्यजन्तु संरक्षणमा हासिल गरेका उपलब्धि पनि प्रमुखताका साथ प्रस्तुत गरेको थियो। स्थानीय समुदाय, संरक्षण साझेदार संस्था तथा राष्ट्रिय निकुञ्जबीचको सहकार्यबाट जैविक विविधता संरक्षणमा हासिल भएका उपलब्धिलाई अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीसमक्ष प्रस्तुत गरिएको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.