विश्वका ८ हजार मिटरमाथिका हिमाल १४ बाट २० पुर्याउने नेपालको प्रस्ताव, ६ नयाँ हिमाललाई छुट्टै मान्यता दिलाउन पहल
काठमाण्डौ । नेपालले ८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन औपचारिक पहल अघि बढाएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा उक्त प्रस्ताव अघि सारिएको बताएका हुन्।काठमाडौंमा शुक्रबारदेखि...

